पोखरामा मंगलबार आगजनी गरिएका भवनमा भेटिए दुई शव
पाेखरा | भदौ २५, २०८२
पोखरा: पोखरामा जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।
नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको भाइ ध्रुबको घरमा राखिएको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जना युवतीको मृत्यु भएको छ ।
शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।
यस्तै, आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा पनि एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा ३०÷३५ बर्षजतिका महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

